Kath khabar
बिस्काः जात्राको पहिलो दिनमा ढुङ्गा हानाहान हुँदा २३ घाइते, १० पक्राउ

 

                 भक्तपुर, चैत २९ ।  बिस्काः जात्राका लागि तानिएको भैरबको रथलाई मंगलबार बिहान भक्तपुरको गःहिटी पुराइएको छ । सोमबार सुरु भएको जात्रामा भैरबको रथ तान्ने क्रममा मध्यराति दत्तात्रयमा पुगेपछि ढुङ्गा हानाहान भएपछि मंगलबार बिहान तानेर गःहिटी पुराइएको हो । रथ तान्ने क्रममा राती ढुङ्गा हानाहान हुँदा २० भन्दा बढि घाइते भएका छन् ।

८ रात र ९ दिनसम्म भव्य रूपमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरबको रथ तान्दा ढुङ्गा हानाहान भएको हो । प्यागोडा शैलीमा निर्माण भएको रथलाई सोमबार साँझ थने (माथिल्लो) र क्वने (तल्लो) टोलतर्फ रथ तान्न सुरु गरिएको थियो ।

रथ तान्ने क्रममा माथिल्लो टोलकाले दत्तात्रय नजिक रथलाई पुर्याएका थिए। रथलाई राति नै गःहिटी ल्याउनुपर्नेमा ढुङ्गा हानाहान भएपछि बिथोलिएकाले दत्तात्रयमै राखेर मंगलबार गःहिटी ल्याइएको हो ।

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update