Kath khabar
कोरोना संक्रमणबाट आज पनि एकजनाको मृत्यु,  १२१ जना नयाँ संक्रमित

 

                 काठमाडौं, चैत २९ । कोरोना संक्रमणबाट आज पनि एकजनाको मृत्यु भएको छ । यसअघि हिजो पनि एक जनाको मृत्यु भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  देशभर २ हजार ३ सय ७७ वटा नमुना परीक्षण गर्दा १ सय २१ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै आज ८१ जना संक्रमणमुक्त भएका छन् भने ४ सय ४५ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update