Kath khabar
फष्टलुकमा यस्तो देखियो रोड थ्रिलर फिल्म ‘बाटो’


                     काठमाडौं, वैशाख २ । रोड थ्रिलर फिल्म ‘बाटो’ को फष्टलुक सार्वजनिक गरिएको छ । निर्माण युुनिटले नयाँ बर्षको अवसर पारेर फिल्मको एक पोष्टर फष्टलुकको रुपमा बाहिर ल्याएको हो । फष्टलुकको मोसन फोष्टर समेत तयार गरिएको छ ।

फिल्मकी एक महिला पात्रलाई केन्द्रमा राखेर तयार गरिएको पोष्टरले फिल्म प्रति दर्शकको उत्सुकता जगाउन सफल छ । कमर्सियल साउथ स्टाइलिस फिल्मको झल्को दिने यो फिल्म काठमाडौँ फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको हो । फिल्मका लेखक तथा निर्देशक मदन थापा र छायाँकार शरण ऋषि हुन् । निर्देशक थापा तथा छायांकार ऋषि भारतको चेन्नइ फिल्म उद्योगमा चर्चित ब्यक्तित्व हुन् ।

फिल्ममा मिथिला शर्मा, रक्षा थापा, सुलक्क्षण भारती, उत्पल झा, विजय ताम्राकार लगायतको मुख्य भूमिका देख्न सकिन्छ ।  फिल्मका निर्माता चन्दन झा हुन् । निर्माता झाँ काठमाडौं फिल्मका फाउन्डर समेत हुन् । काठमाडौंका विभिन्न स्थानको अलवा उदयपुरको गाइघाटमा छायांकन भएको फिल्मको पोष्टप्रोडक्सन मुम्बईमा भइरहेको छ । निर्माण युनिटको फिल्म बिसं २०८० भित्रमा रिलिज गर्ने योजना बनाएको छ । नेपाली सहित हिन्दी, तेलूगु, मलयालम र अंग्रेजी गरेर पाँच भाषामा फिल्म तयार हुने निर्माता चन्दन झाले बताए ।

फिल्मको ट्रेलर छिट्टै ल्याउने तयारी निर्माण युनिटको छ । फिल्मको ट्रेलर नेपाली, हिन्दी र तमिल गरेर तीन भाषामा आउनेछ । फिल्म डब्बी एटमस साउन्डमा तयार हुनेछ । नेपालमा पहिलो पटक डब्बी एटमस साउन्ड सिष्टममा फिल्म तयार हुन लागेको हो ।

 

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update