हरि लम्सालको देशप्रेमले ओतप्रोत गजल “यो शिर झुकेको छैन” सार्वजनिक

काठमाडौं, जेठ २९ । गायक तथा कुशल संगीतकार हरि लम्सालले “यो शिर झुकेको छैन” गजल सार्वजनिक गर्नुभएको छ । कपिल अन्जानको शब्दरचना र हरि लम्सालको कर्णप्रिय संगीत तथा स्वर रहेको गीतमा देशप्रेमले ओतप्रोत स्वाभिमानी नेपालीको भावना उजागर गरिएको छ ।
टुवेल नोट्सको अफिसियल च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको गीतको भिडियोमा शंकर पराजुली र आस्था बस्नेतको जीवन्त अभिनय रहेको छ । शक्ति पाख्रिनको निर्देशनमा बनेको भिडियोमा मिलन एक्स तामांगको सिनेमाटोग्राफी र अन्जल शर्माको को सम्पादन रहेको छ भने केशब भट्टराई र निरज अर्यालको लगानी रहेको छ ।
भिडियो लिंक
https://youtu.be/TTxl0kuESQo
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८ ११:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय