Kath khabar
कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ


             काठमाडौं, वैशाख २० । वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन राप्ती नगरपालिका–९ लालपुर घर भई भक्तपुर जगाती बस्ने ३१ वर्षीय राजु श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

श्रेष्ठले एक जना व्यक्तिलाई वैदेशिक रोजगारका लागि कम्बोडिया पठाइ आरएफसी सेक्युरिटि गार्डमा एक लाख रुपैयाँ भन्दा बढी तलबमा काम  लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी सात लाख रुपैयाँ लिई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update