बजार
                                                
                    
                
                            
                                ह्वात्तै बढ्यो सुनको भाउ 
                        
                        
                                                
                                                    
                                हिजो सुनको भाउ तोलामा १ लाख ८ हजार ८ सय रुपैयाँ थियो । गएको चैत २२ गते सुनको भाउ अहिलेसम्मकै उच्च भएको थियो । २२ गते सुनको मूल्य तोलामा १ लाख ११ हजार रुपैयाँमा पुगेको थियो
                            
                                            
                                                                    
काठमाडौं, वैशाख २० । आज बुधबार सुनको मूल्य भारी वृद्धि भएको छ । तोलामा आज सुनको भाउ १ हजार ८ सय रुपैयाँले बढेर १ लाख १० हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा १ लाख ८ हजार ८ सय रुपैयाँ थियो । गएको चैत २२ गते सुनको भाउ अहिलेसम्मकै उच्च भएको थियो । २२ गते सुनको मूल्य तोलामा १ लाख ११ हजार रुपैयाँमा पुगेको थियो ।
त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको मूल्य पनि मंगलबारको तुलनामा बुधबार तोलामा २० रुपैयाँले वृद्धि भएको छ।
तोलामा २० रुपैयाँले बढेर तोलाको १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १२:०८
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
