
काठमाडौं, जेठ ३० । युवा गायक केशव भावुकले आफ्नो नयाँ गीत ‘म मजदुर मायाको’ को म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ । यो गीतलाई न्युजिल्याण्ड निवासी गीतकार तथा गजलकार नमिता दवाडीले लेख्नुभएको हो ।
गीतमा स्वयम् गायक भावुकको संगीत रहेको छ भने उदय राज पौडेलको संगीत संयोजन रहेको छ । प्रेम, विरह र विछोडका कथालाई प्रस्तुत गरिएको भिडियोमा स्वयम् गायक रहनुभएको छ । कोरोना कहरका कारण सुस्ताएको संगीत क्षेत्रलाई चलायमान बनाउन जोखिम उठाएर मिहेनत साथ यो सिर्जना सार्वजनिक गरेको गायक भावुकले बताउनुभएको छ ।
मिराज अर्यालको छायांकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो । महेश बाबु दवाडीले निर्माता रहेको यस भिडियोलाई गीतकार दवाडको आधिकारिक च्यानल नमिता दवाडी मार्फत सार्वजनिक गरिएको हो ।
भिडियो लिंक
https://youtu.be/xM5TD8dQT7w