Kath khabar
क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया

 

              काठमाडौं, वैशाख २६ । नेपाली क्रिकेटर सन्दीप लामिछानेको सोमबार लिपोमाको शल्यक्रिया गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार लामिछानेको शरिरमा रहेका ६ वटा लिपोमास शल्यक्रिया गरेर निकालिएको हो ।

क्यानका मेडिकल संयोजक डा अभिषेकराज सिंहका अनुसार लामिछानेको हालको फुर्सदको समयलाई सदुपयोग गरी शल्यक्रिया गरिएको हो । सन्दीप आज मंगलबार नै डिस्चार्ज हुनेछन् र आगामी खेलहरूमा नियमित रूपमा फर्कनेछन्। उनको आफ्नै इच्छा अनुसार नेपाल नेशनल अस्पतालमा शल्यक्रिया गरिएको हो ।

लिपोमा छालाको ठीक तल अवस्थित फ्याटी ट्युमर हो । यो क्यान्सर होइन र सामान्यतया हानिरहित हुन्छ । सन्दीप यसै महिना सम्पन्न एसीसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

लामिछानेले सामाजिक सञ्जालमार्फत शल्यक्रिया सफल भएको जानकारी दिँदै छिटै मैदानमा फर्कने जानकारी दिएका थिए ।

 

 

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update