Kath khabar
डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारको मुद्दामा दोषी ठहर,  ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने फैसला


                  न्यूयोर्क, वैशाख २७ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारको मुद्धामा दोषी ठहर भएका छन् । उनलाई न्युयोर्कको सिभिल कोर्टले यौन दुर्व्यवहारमा दोषी ठहर्याउँदै पीडितलाई क्षतिपूर्ति वापत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको छ। 

ट्रम्पविरुद्धको मुद्दामा फैसला आएको यो पहिलो पटक हो । ट्रम्पले दशकौं पुरानो यौन दुर्व्यवहारको आरोप र दर्जनौं महिलाहरू संलग्न कानुनी मुद्दाहरूको सामना गरिसकेका छन्।

अमेरिकी पत्रकार, लेखक र स्तम्भकार ई जीन क्यारोलले गत वर्ष अप्रिलमा डोनाल्ड ट्रम्पविरुद्धको अदालतमा सुनुवाइका क्रममा देशका पूर्व राष्ट्रपतिले आफूलाई लक्जरी डिपार्टमेन्ट स्टोरमा बलात्कार गरेको आरोप लगाएकी थिइन् ।  सोही मुद्दामा ट्रम्पलाई दोषी ठहर्याएको बीबीसीले जनाएको छ ।

ट्रम्पले यी आरोपलाई ठाडै अस्वीकार गरेका छन् । मे ४ मा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक लेखकले आफूमाथि लगाएको बलात्कारको आरोपलाई 'सबैभन्दा हास्यास्पद र घृणित कथा' भनेका थिए । ट्रम्पले म्यानहट्टन डिपार्टमेन्ट स्टोरमा लेखक ई जीन क्यारोललाई कहिल्यै यौन दुर्व्यवहार नगरेको दाबी गरेका थिए।

 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update