Kath khabar
साझाको नयाँ बिजुली बस पाटनढोका देखि रत्नपार्क हुँदै जोरपाटी रुटमा चल्ने

 

                 ललितपुर, जेठ १ । साझा यातायातको बिजुली बस आजवाट थप नयाँ रुटमा चल्ने भएको छ।

पत्रकार तथा नागरिक अभियन्ता कनकमणी दीक्षितका अनुसार साझा यातायातको पाटनढोका-रत्नपार्क-जोरपाटी बिजुली बस सेवा आजबाट शुरु हुनेछ।

उनका अनुसार सोमबार दिउँसो २ः३० बजे ललितपुर महानगरपालिकाका मेयर चिरिबाबू महर्जनले सो नयाँ रुटको शुभाराम्भ गर्दैछन्।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update