Kath khabar
भक्तपुरको चुनदेवीस्थित फर्निचर उद्योगमा आगलागी

 

                     भक्तपुर, जेठ १ । भक्तपुरको सूर्यबिनायक नगरपालिका–५ चुनदेवी बस्ने ३७ वर्षीय बिजेन चौगुठीको न्यु दाजुभाई फर्निचर ट्रेडर्समा आइतबार राति आगलागी हुँदा उक्त आगो फैलिएर सोही ठाउँस्थित घर र सोही ठाउँ बस्ने पुष्प सिल्पकारको कृपालु फर्निचर कारखानामा समेत आगलागी भएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update