Kath khabar
मादक पदार्थ सेवन गरी तिब्र गतिमा चलाईएको भारतीय गाडी घर भित्रै

 

                 वालिङ, जेठ २ । वालिङ स्सिद्धार्थ राजमार्ग हुँदै पोखरा जाने र फर्कने भारतीय नम्बर प्लेटका गाडीहरुको प्राय: निरन्तर चलिरहने गर्दछन् ।

भारतीयहरुले राजमार्गमा अन्धाधुन्ध गाडी चलाउने गरेको भन्दै जनगुनासो पनि आउने गर्दछ । जहाँ पायो त्यहीबाट ओभरटेक गर्ने, बजार क्षेत्रमा गति अत्यधिक बनाउने गर्दछन् ।

शनिवार वालिङ नगरपालिका वडा नं १० मा एचआर ५५ एएच ४५४८ नम्वरको गाडी राजमार्ग छेउको घर भित्रै पस्यो । स्थानीय पूर्णप्रसाद खनालको घरमा भारतीय गाडीले ठक्कर दिएको हो ।

दुर्घटनामा २ जना भारतीय नागरिक घाईते भएका छन् । अत्यधिक मदिरा सेवन गरेर अन्धधुन्ध गाडी चलाएको स्थानीयको भनाई छ । उद्धारका क्रममा गाडीभरी खाली रक्सीका बोटल मात्रै भेटिएको उनीहरुको भनाई छ । 

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update