Kath khabar
साझाका थप ३ विद्युतीय बस पाटनढोका देखि जोरपाटी/दक्षिणढोका रुटमा सञ्चालन

 

              काठमाडौं, जेठ २ ।  साझा यातायातले थप ३ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । ६ महिनाअघि चीनबाट खरिद गरेर ल्याइएका ३७ विद्युतीय बसमध्ये ३ वटा संचालनमा ल्याइएको साझाले जनाएको छ।

ती बसहरु साझाले पाटनढोका-रत्नपार्क-ज्ञानेश्वर-रातोपुल-गौशाला-चाबहिल-बौद्ध-जोरपाटी-दक्षिणढोका रुटमा सोमबार देखि चलाइएको जनाएको छ। भित्र्याइएका बसहरु प्राविधिक परीक्षणसँगै विस्तारै सबै सञ्चालनमा ल्याउने तयारी छ।

यसका लागि साझाले दर्ता प्रक्रिया शुरु गरेको छ। दर्ता प्रक्रिया पुरा हुने बितिकै ती थप बसहरु संचालनमा आउने छन्। अहिले साझाका ३ वटा विद्युतीय बसहरु एयरपोर्टको रुटमा संचालनमा छन्।

सोमबार थपेका सहित अब उपत्यकामा साझाले चलाएका विद्युतीय बसको संख्या ६ पुगेको छ। विभिन्न रुटहरु पहिचान गरी अन्य बसहरु पनि छिट्टै संचालनमा ल्याउने साझाले तयारी भइरहेको जनाएको छ।

 

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update