Kath khabar
आज ३०औँ मदन-आश्रित स्मृति दिवस

 

                   काठमाडौं, जेठ ३ । आज ३० औँ मदन–आश्रित स्मृति दिवस । २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटना परी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।

‘जनताको बहुदलीय जनवाद’ (जबज) सिद्धान्तका प्रतिपादक नेताको रूपमा मदन भण्डारीलाई कम्युनिस्ट आन्दोलनको इतिहासमा सम्झिइन्छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले बुधबार ३० औँ मदनआश्रित स्मृति दिवस मनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय अलोकनगरमा दिवसका सन्दर्भमा भोलि जेठ ३ गते पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित नेताको उपस्थितिमा श्रद्धाञ्जली सभालगायत कार्यक्रम गर्न लागेको हो ।

मदनआश्रितको योगदानबारे पार्टी निकट सङ्गठनले सबै जिल्लामा श्रद्धाञ्जलीसभा, खेलकुद प्रतियोगिता गर्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

यसैबीच पार्टीले नक्कली शरणार्थी प्रकरणमा दोषीलाई कारबाही गर्न माग गर्दै पार्टीले देशभर जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ध्यानाकर्षण गराएको छ । उक्त घटनाको निष्पक्ष छानबिन गरी सङ्गठनिक आपराधिक गतिविधिमा संलग्न सबैलाई कडाभन्दा कडा सजाय दिएर दण्डित गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाएको हो । पार्टीले बुधबार देशभर दबाबमूलक कार्यक्रमस्वरूप प्रदर्शन गर्ने उपमहासचिव खतिवडाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update