Kath khabar
डिजेल र मट्टीतेलको मूल्य घटे लगत्तै सार्वजनिक यातायातको भाडा घट्यो

 

                  काठमाडौं, जेठ ३ ।  यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा घटाएको छ। डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपियाँले मूल्य घटेलगत्तै विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो।

विभागका अनुसार यात्रुबहाक सवारी साधनमा ३.२० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक गाडीमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबहाक गाडीमा ४.६५ प्रशितले भाडा घटेको छ।

विभागले घटेको मूल्य आज (बुधबार) देखिनै लागू भएको जानकाए छ। यसैगरी अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update