Kath khabar
भक्तपुरको झौखेलस्थित एक टहरामा आगलागी, ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट


               भक्तपुर, जेठ ५ । भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेल लाकिलास्थित शिवराम सुलुको टहरामा शुक्रबार बिहान आगलागी हुँदा टहरा पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यस्तै, दार्चुलाको शैल्यशिखर नगरपालिका–१ धौकुचे बस्ने २६ वर्षीय मोहन देव खडायतको निश्चल मोवाईल एण्ड ईलेक्ट्रोनिक पसलमा करेन्ट सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा पसलमा रहेको कम्प्युटर २ थान, फोटोकपि मेसिन १ थान, रेडियो २ थान, मोबाइल १२ थान जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको एकिन विवरण हाल खुलेको छैन ।

प्युठानको झिमरुक गाउँपालिका–५ सिउली समुदायिक वनमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने शान्ता जिसीको गोठमा बिहीबार साँझ आगलागी हुँदा गोठमा रहेको प्लाष्टिकको पाईप ५ सय मिटर, पराल २० बिटा लगायतका सामान पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update