Kath khabar
आज विनायक चतुर्थी, के छ यसको महत्व ?


                 काठमाडौं, जेठ ९ । कुनै शुभ वा धार्मिक कार्य होस्, या शुभ कार्य होस् पहिले भगवान गणेशको पूजा गरिन्छ। उनको आराधना गर्नाले सुख प्राप्त हुने विश्वास छ, त्यसैले उनलाई विघ्नहर्ता पनि भनिन्छ।

गणेश पुराणका अनुसार चतुर्थी तिथि भगवान गणेशका लागि समर्पित छ । चतुर्थी व्रत हरेक महिना दुई पटक मनाइन्छ । एउटा व्रत कृष्ण पक्षको चतुर्थीमा र अर्को व्रत शुक्ल पक्षको चतुर्थीमा मनाइन्छ । कृष्ण पक्षको चतुर्थीमा मनाइने व्रतलाई संकष्टी चतुर्थी भनिन्छ । जबकि शुक्ल पक्षको चतुर्थीमा मनाइने व्रतलाई विनायक चतुर्थी भनिन्छ ।

हिन्दु धर्ममा यो पर्वको ठूलो महत्व छ । धार्मिक ग्रन्थ अनुसार गणपतिको पूजा नगरी कुनै पनि काम पूरा नहुने उल्लेख छ । विनायक चतुर्थीमा व्रत बसेर भगवान गणेशको पूजा गरिन्छ । विनायक चतुर्थीका दिन मानिसहरूले भगवान गणेशको पूजाआराधना गरी व्रत बस्छन् । विनायक चतुर्थीको दिन ब्रत बस्दा घरमा सुख समृद्धि, आर्थिक सम्पन्नताका साथै ज्ञान र बुद्धि प्राप्त हुने विश्वास छ । चतुर्थीमा भगवान गणेशको पूजाले सबै कार्य सिद्ध हुन्छ र सबै मनोकामना पूरा हुने जनविश्वास छ ।

यस दिन महाबली हनुमान जीको पनि पूजा गरिन्छ। जसको कुण्डलीमा राहु-केतु वा मंगल दोष हुन्छ, त्यस्ता व्यक्तिहरूका लागि विनायक चतुर्थीको दिन धेरै विशेष हुन्छ । यस दिन भगवान गणेश र हनुमानको आशीर्वादले यी सबै दोषहरू हट्छ किनभने भगवान गणेश र हनुमानको पूजा गर्नाले राहु-केतुको अशुभ प्रभावबाट मुक्ति मिल्ने धर्मशास्त्रविद्हरु बताउँछन् । आजको दिन बजरंगबलीको पूजा गर्दा मंगल दोषको प्रभाव कम हुने विश्वास छ।

 

 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update