Kath khabar
शहीद स्मारक ‘ए’ डिभिजन लिग : फ्रेन्ड्सले सातदोबाटोलाई हरायो, मनाङ र चर्च ब्वाइज बराबरीमा

 

                     ललितपुर, जेठ ११ ।  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा रेलिगेशनको जोखिममा रहेको फ्रेन्ड्स क्लबले उपाधि दाबेदार मानिएको सातदोबाटो युथ क्लबलाई हराएको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा फ्रेन्ड्सले सातदोबाटोलाई ४-० गोलले हरायो । फ्रेन्ड्सको जितमा टोरिक जेब्रिनले २ तथा राफिक अमिनु र प्रकाश बुढाथोकी १/१ गोल गरे । सातदोबाटो २९ अङ्क सहित चौथो स्थानमा छ भने फ्रेन्ड्स २४ अङ्कसहित १२ औँ स्थानमा छ ।

आजै ललितपुरको च्यासल मैदानमा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब र चर्च ब्वाइज युनाइटेडले गोल रहित बराबरी खेलेका छन् । मनाङ र चर्च ब्वाइजले गोल रहित बराबरी खेलेका हुन् । चर्च ब्वाइज ३८ अङ्कका साथ शीर्ष स्थानमा कायमै छ । मनाङ २५ अङ्क सहित ११ औँ स्थानमा कायमै छ ।

१४ टोली सहभागी लिगको पुछारका २ वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update