Kath khabar
‘हाम्रो ठमेल, सफा ठमेल’ भन्ने नाराका साथ ठमेलमा सरसफाई अभियान सुरू

 

                    काठमाडौं, जेठ १३ । ‘हाम्रो ठमेल, सफा ठमेल’ नाराका साथ राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सरसफाइ अभियान सुरू गरिएको छ।

ठमेल पर्यटन विकास परिषद्को आयोजनामा ठमेललाई सफा, स्वच्छ र पर्यटकमैत्री बनाउन सरसफाइ अभियान थालिएको हो।

परिषद्को अगुवाइमा काठमाडौं महानगरपालिका, नेपाल प्रहरी, पर्यटक प्रहरी, ठमेलका पर्यटन व्यवसायी र घरधनीले आज ठमेलमा सरसफाइ गरेका परिषद्का अध्यक्ष भविश्वर शर्माले जानकारी दिए।

‘सफा र पर्यटकमैत्री ठमेल बनाउने अभियान निरन्तर रुपमा अगाडि बढाउँछौं,’ उनले भने। परिषद्का उपाध्यक्ष सहदेव धमलाले व्यवसायी र घरधनीबाट सुरू भएको ठमेल सरसफाइ अभियानलाई प्रभावकारी रूपमा अघि बढाइने बताए।

ठमेललाई सफा र सुन्दर बनाउन सबैको सक्रियता आवश्यक भएको उनको भनाइ छ। अभियान निरन्तर अघि बढ्ने उपाध्यक्ष धमलाको भनाइ छ। 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update