Kath khabar
त्रिशुलीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका भक्तपुरका युवकको तीन दिनपछि शव फेला


                      गजुरी, जेठ १६ । गत शनिबार धादिङको त्रिशुली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका भक्तपुरका एक युवकको शव फेला परेको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका - ३ झौखेल निवासी २४ वर्षीय रोमी शाह ठकुरी नाम गरेका युवकको शव आज मंगलबार बिहान साढे ७ बजे गजुरी गाउँपालिका -२ छहरास्थित त्रिशुली नदीमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

साथीहरूसँग घुम्न त्रिशुली पुगेका उनी गत शनिबार बिहान साढे ११ बजे गजुरी गाउँपालिका-५ घाटबेसीस्थित नदीमा पौडी खेल्नेक्रममा  बेपत्ता भएका थिए ।  प्रहरीका अनुसार उनलाई खोजी गर्ने क्रममा ४ किलोमिटर तल शव फेला परेको हो ।

उनका अन्य साथीहरू भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update