Kath khabar
पुलबाट चिप्लिएर बस दुर्घटना हुँदा ८ जनाको ज्यान गयो, २० जना घाइते

 

             जम्मु, जेठ १६ ।  भारतको जम्मुमा बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बसमा रहेका २० जना यात्रु घाइते भएका छन् ।

अमृतसरबाट कटराका लागि छुटेको बस जज्जर कोटलीमा पुलबाट चिप्लिएर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बसमा तीर्थयात्रीहरु बिहारका बासिन्दा थिए ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बसले जम्मु कश्मीर बाहिरका तीर्थयात्रीलाई माता वैष्णोदेवी मन्दिरतर्फ लैजाँदै थियो । कटरा त्रिकुटा पहाडमा रहेको प्रसिद्ध तीर्थस्थलमा जाने तीर्थयात्रीहरूको आधार शिविर मानिन्छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update