Kath khabar
सन्दीपको मुद्दामा सुनुवाई नभएपछि रोकियो दक्षिण अफ्रिकाको भ्रमण


                     काठमाडौैं, जेठ १६ । काठमाडौं जिल्ला अदालतमा आज अन्तिम सुनुवाईको लागि पेशी तोकिएको सन्दीप लामिछाने विरुद्धको मुद्दामा सुनुवाई रोकिएको छ ।  

सन्दीपको मुद्दामा सुनुवाई नभएपछि दक्षिण अफ्रिकामा हुने अभ्यास खेलमा उनी नजाने निर्णय भएको सन्दीपका कानून व्यवसायी सरोज घिमिरेले जानकारी दिए । नेपाली क्रिकेट टोली अभ्यास खेलका लागि भोलि दक्षिण अफ्रिका जाँदैछ ।

सन्दीपविरुद्ध लागेको नाबालिक बलात्कारको आरोपको फैसलाको सुनुवाई हुन नसक्दा उनी जिम्बावे भ्रमणमा पनि सहभागी  हुने नहुने भन्नेबारे अझै निर्णय हुनसकेको छैन ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update