Kath khabar
सुनको सिक्री लुटपाट गर्ने व्यक्ति पक्राउ



                 काठमाडौं, जेठ १८ । सुनको सिक्री लुटपाट गरेको अभियोगमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–१ देबिटार बस्ने ३० वर्षीय पाण्डे भन्ने विष्णु तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलास्थित गेटवे मन्टेश्वरी स्कुल अगाडि बाटोमा पैदल हिँड्दै गरेकी एक महिलाले घाँटीमा लगाएको ४ तोलाको सुनको सिक्री मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुले लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनलाई काठमाडौं गोकणेश्वर नगरपालिका–५ जोरपाटीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त बानेश्वर काठमाडौं पठाइएको छ ।

 

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update