बजार
                                                
                    
                
                            
                                फेरि सुनको भाउले तोड्यो नयाँ रेकर्ड
                        
                        
                                                
                                                    
                                यो भाउ अहिलेसम्मकै उच्च हो । हिजो सुनको भाउ तोलामा १ लाख १२ हजार रुपैयाँ पुगेको थियो । आज फेरि तोलामा ५ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ
                            
                                            
                                                                    
काठमाडौं, जेठ १८ । हिजो भाउ बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज फेरि बढेर अहिलेसम्मकै महँगो भएको छ । आज तोलामा ५ सय रुपैयाँले बढेर सुन तोलाको १ लाख १२ हजार ५ सय रुपैयाँमा पुगेको हो ।
यो भाउ अहिलेसम्मकै उच्च हो । हिजो सुनको भाउ तोलामा १ लाख १२ हजार रुपैयाँ पुगेको थियो । आज फेरि तोलामा ५ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ अझै बढ्ने सम्भावना रहेको महासंघले जनाएको छ । यस अघि गएको वैशाख २१ गते सुनको भाउ तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँमा पुगेको थियो ।
यस्तै, चाँदीको पनि आज भाउ बढेको छ । आज चाँदी तोलामा १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो तोलाको १ हजार ३ सय ९५ रुपैयाँ थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १३:१९
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
