काठमाडौ, बैशाख १
गायिका निशा कंडेलले आफ्नो चर्चित गीत ’तस्विर’ को भाग २ ’तस्बिर २ – ओ ! प्रिया’ को म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ । गीतकार बिष्णुबाबु देवकोटाको शब्दमा रहेको यो प्रेमिल गीतलाई संगीतकार टिका दहालले संगीतवद्ध गर्नुुभएको हो । गीतमा गायिका निशा कंडेल र गायक अमन प्रधानको श्वर रहेको छ । गायक प्रधानकै बुवा राहुल प्रधानले यो गीतलाई संगीत संयोजन गर्र्नुुभएको हो ।
भिडियोमा आकाश श्रेष्ठ र पुजा शर्मा फिचर्ड रहनुुभएको छ । तस्विरमा प्रेम सम्बन्धमा रहेका यो जोडीलाई तस्विर २ मा विवाह बन्धनमा बाधिएको देख्न सकिन्छ । उहाँहरु बीचको प्रेम र रोमान्स हेर्न पुरा भिडियो हेर्न पर्ने हुन्छ ।
बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । लिजेन्स इन्टरनेशनलको एजुकेशनको प्रस्तुति रहेको यो भिडियोलाई गायिका कंडेलको आधिकारिक च्यानल ’निशा कंडेल’ मार्फत सार्वजनिक गरिएको हो ।