Kath khabar
सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाउँदै, आज प्रतितोला कति पुग्यो ?

 

              काठमाडौं, जेठ १९ ।  नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड कायम गरिरहेको छ। बिहीबार प्रतितोला ५ सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँ बढेर फेरि नयाँ रेकर्ड राखेको हो। 

सुनको मूल्यले लगातार ३ दिन नयाँ रेकर्ड राख्न सफल भएको छ। आज सुन प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा ८ सय रुपैयाँ बढी हो। यो मूल्य हाल सम्मकै उच्च हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

बिहीबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। 
बिहीबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा किनबेच भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँ बढेको हो।

सरकारले भन्सार दर बढाएका कारण सुनको मूल्य बढेको सुनचाँदी व्यवसायीहरूले बताएका छन्। सोही कारण मंगलबार देखि शुक्रबारसम्म सुन प्रतितोलामा ५ हजार २ सय रूपैयाँ बढिसकेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update