Kath khabar
सार्वजनिक यातायातमा पाकेटमारी गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ


               काठमाडौं, जेठ १९ । काठमाडौं महानगरपालिका-२६ गोङ्गबुस्थित सार्वजनिक यातायातमा पाकेटमारी भाग्दै गरेको अवस्थामा २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा तनहुँ बन्दीपुर गाउँपालिका-५ घर भई हाल काठमाडौं टोखा नगरपालिका-८ बानियाँटार बस्ने ३० वर्षीय मणिराज गुरुङ र सिन्धुपाल्चोक बलिफी गाउँपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-२६ बस्ने २९ वर्षीय आशिष ठकुरी रहेका छन् ।

काठमाडौं महानगरपालिका-२६ गोगंबुस्थित सार्वजनिक यातायातमा सवार १ जना पीडितको साथबाट नगद ३४ हजार रुपैयाँ पकेटमार गरी भाग्ने क्रममा प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update