Kath khabar
भारतको ओडिशामा रेल दुर्घटना हुँदा २३० भन्दा बढीको मृत्यु , ९०० जना घाइते


                    नयाँ दिल्ली, जे‍ठ २०। भारतको ओडिशामा गए राति रेल दुर्घटना हुँदा २३० भन्दा बढीको मृत्यु भएको छ भने ९०० जना भन्दा धेरै घाइते भएको भारतीय संचारमाध्यमहरुले जनाएको छ ।

ओडिशाको बालासोर जिल्लाको बहानागा स्टेशनमा कोरोमण्डेल, बेंगलुरु-हावडा एक्सप्रेस रेल लिगबाट खसेको हो । यसका केही डिब्बा अर्को ट्र्याकमा पल्टिएर अर्कोतर्फबाट आउँदै गरेको शालिमार–चेन्नई कोरोमण्डल एक्सप्रेससँग ठोक्किएका थिए । यसपछि कोरोमण्डल ट्रेनका केही बग्गी पनि पटरीबाट खसेका थिए । केही बग्गी मालगाडीको माथि चढे । ट्रेनको डिब्बा पल्टिँदा धेरै यात्रु फसेका छन् । रेलको डिब्बामा धेरै चेपिएकोले हाताहाती संख्या बढ्न सक्ने बताइएको छ । उद्धार कार्य अहिले पनि जारी छ ।

दुर्घटनाग्रस्त रुटका ६ वटा रेल रद्द गरिएका छन् । केही रेलको रुट परिवर्तन गरिएको छ । दुर्घटनाबारे प्रशासनले आपतकालीन नियन्त्रण कक्ष नम्बर ६७८२२६२२८६ जारी गरेको छ । यससँगै नजिकैका स्टेशनहरूको हेल्पलाइन नम्बरहरू पनि जारी गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवसँग कुरा गरेर स्थितिको जानकारी लिए । उनले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार दिने घोषणा गरेका छन् ।

 

 

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  ०९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update