बजार
                                                
                    
                
                            
                                सुनको भाउ आज फेरी बढ्यो
                        
                        
                                                
                                                    
                                हिजो सोमवार तोलामा १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ
                            
                                            
काठमाडौं, जेठ २३ । सुनचाँदीको भाउ आज मङ्गलवार बढेको छ । आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको हो । हिजो सोमवार तोलामा १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १२:३४
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
