
काठमाडौं, बैशाख २
लामो समय बित्दा पनि क्यासिनो सञ्चालकहरुले क्यासिनो सञ्चालन गरे बापत् सरकारलाई तिनुपर्ने रोयल्टी बापत्को रकम अझै बुझाएका छैनन् । क्यासिनो सञ्चालन गरेर करोडौं रुपैयाँ कमाए पनि क्यासिनो सञ्चालकहरुले सरकारलाई क्यासिनो सञ्चालन गरे बापत् बुझाउनु पर्ने न्यून अंश वर्षौ बित्दा पनि नबुझाई अटेर गरेर बसेका हुुन ।
कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयका अनुसार नेपाल रिक्रीयसन सेन्टर प्रालि, दि फुलबारी लिमेटड, अन्नपूर्ण इन्टरनेशनल प्रा.लि दरबारमार्ग, होटेल एभरेष्ट इन्टरनेशनल प्रा.लि नयाँ बानेश्वर, होटेल सोल्टी प्रा.लि ताहचल, ह्यापी आवर प्रा.लि लगायत नाम चलेका क्यासिनोहरु रहेकाछन् भने उनीहरुले सरकारलाई रोयल्टीबापत् तिर्नुपर्ने करिब एक अर्ब ७८ करोड रुपैयाँ भने बुझाएका छैनन् ।
बाधवाका नेपाल रिक्रीयसन सेन्टर प्रालिले वक्यौता बापत् ७९ करोड ३९ लाख , अमात्यको दि फुलबारी लिमेटडले ३६ करोड ६० लाख, सर्राफको होटेल याक एण्ड यति प्रालिले १७ करोड ६२ लाख रुपैयाँ, सिहको ह्यापी आवर प्रालिले १० करोड २८ लाख ७० हजार र सीम्हनाको नेपाल रिक्रिएशन सेन्टरले ११ लाख ९० हजार वक्यौता रकम बुझाउन बाँकी रहेको छ ।
अमात्यको दि फुलबारी लि पोखरा, छिने डाँडा १५, सराफको याक एण्ड यति प्रालि काठमाडौं, नक्साल, सिहको महकाली ६ कञ्चनपुर, र सीम्हनाको काठमाडौं ताहचल स्थायी ठेगाना रहेको छ ।
यस्तै अन्नपूर्ण इन्टरनेशनलले १४ करोड ९९ लाख ६९ हजार, होटेल एभरेष्ट ईन्टरनेशनल प्रा.लिको १३ करोड २८ लाख ४१ हजार, होटेल सोल्टी प्रा.लिको सात करोड ८६ लाख ३३ हजार र ह्यापी आवर प्रा.लिको छ करोड ८९ लाख २७ हजार रोयल्टी सरकारलाई बुझाँउन बाँकी रहेको छ । यि कम्पनीका सञ्चालकहरुमा क्रमश क्यासिनो अन्नपूर्ण ईन्टरनेशनल प्रा.लिका महाप्रवन्धक तप्तबहादुर बिष्ट, होटेल एभरेष्ट ईन्टरनेशनल प्रा.लिका सञ्चालक मशकुर अहमद, होटेल सोल्टी प्रा.लि सञ्चालक दिनेश बहादुर विष्ट र ह्यापी आवर प्रा.लिसञ्चालक गोर्कण लामिछाने रहेकाछन् ।
पछिल्लो सयम कार्यालयले करोडौं वक्यौता नतिर्ने क्यासिनको सञ्चालकहरुको तीनपुस्ते विवरण सार्वजनिक गरेको छ भने तीनपुस्ते विवरण सार्वजनिक हुनेमा क्यासिनो सञ्चालक राकेश बाधवा (भारत), पियुष बहादुर अमात्य (पोखरा), राधेश्याम सर्राफ (काठमाडौं), सुरेन्द्र बहादुर सिह र केटसरिन सीम्हना रहेकाछन् ।
उनीहरुले रोयल्टीबापत्को रकम बुझाउने भन्दा पनि रकम तिरेको भन्दै रोयल्टीको विषय अदालततर्फ लैजाने गरेकाछन् । यसरी अदालतमा रोयल्टीको विषय लगेसँगै समय लाग्ने र आफूहरुले छुटकार पाउने मनशायका कारण गलत प्रक्रिया अपनाँउदै आएको कार्यालयका अधिकारीहरुको भनाई छ ।
यसैबीच फागुन पहिलो सात कार्यालयले सार्वजनिक सूचना प्रकाशित गर्दै आगामी दिनमा पनि रकम नबुझाएमा कानुन प्रक्रिया अनुरुप अघि बढ्ने तथा यसोगर्दा सरकारी रकम बाँकी हुनेहरुको आर्थिक हानी नोक्सानी तथा सामाजिक प्रतिष्ठानमा क्षति हुन गएमा सोको जिम्मेवार कार्यालय नहुने समेत सरोकारावालाहरुलाई आग्रह गरेको छ ।
कार्यालयले क्यासिनो सञ्चालकहरुलाई सरकारी बाँकी साँवा रकम अर्थात् वक्यौता र सोमा नियमानुसार लाग्ने ब्याज समेत बुझाई आ–आफनो नामको लगत कट्टा गर्न आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ११४ को उपनियम (१) बमोजिम सबैलाई आग्रह गर्ने गरेको छ भने सो अनुसार क्यासिनो सञ्चालकहरुले रोयल्टी नतिरेको खण्डमा भने नियमसंगत रुपमा सार्वजनिक सूचना गर्ने तथा जायजेथा जफत गर्ने लगायतको कामकारबाही अगाडि बढाउने गरेको छ । कार्यालयले नियमसंगत ढंगले अघि बढ्दा क्यासिनो सञ्चालकहरुको आर्थिक हानी नोक्सानी तथा सामाजिक प्रतिष्ठानमा क्षति हुन गएमा सोको जिम्मेवार भने स्वयं क्यासिनो सञ्चालकहरु हुने जनाएको छ ।
कुन क्यासिनोले कति रोयल्टी बुुझाउनु बाँकी छ, हेर्नहोस तालिका
क्रस क्यासिनोको नाम बुझाउन बाँकी रोयल्टी रकम
१ रिक्रीयसन सेन्टर प्रालि ७९ करोड ३९ लाख
२ दि फुलबारी लिमिटेड ३६ करोड ६० लाख
३ होटेल याक एण्ड यति प्रालि १७ करोड ६२ लाख
४ ह्यापी आवर प्रालि. १० करोड २८ लाख ७० हजार र
५ नेपाल रिक्रिएशन सेन्टर ११ लाख ९० हजार
६ अन्नपूर्ण इन्टरनेशनल १४ करोड ९९ लाख ६९ हजार
७ होटेल एभरेष्ट ईन्टरनेशनल प्रा.लि १३ करोड २८ लाख ४१ हजार