Kath Khabar
सुटकेस खोलेर हेर्दा भेटियो महिलाको शव

                                    रौतहट, भदौ ८ ।  रौतहटको गौर नगरपालिकाको वडा नं. ९ मुडवलवा गेटको सडक किनारमा सुटकेस भित्र महिलाको शव भेटिएको छ। 

प्रहरीका अनुसार शनिवार राति बेवारिसे अवस्थामा सडक किनारमा डोरीले बाँधिएको सुटकेस फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्की सहितको टोलीले बिहान सो सुटकेस खोलेर हेर्दा एक महिलाको शव भेटिएको हो । उक्त शव माधव नारायण नगरपालिका–२ महादेवपट्टी माइत भएकी २६ वर्षीया रुवीकुमारी साहको भएको परिचय खुलोको प्रहरीले जनाएको छ । 

शनिबार राति साढे १० बजेतिर गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका ९ मुडवालगेटस्थित सडकमा बेवारिसे अवस्थामा सुटकेस फेला परेको थियो । शंकास्पद लागेर प्रहरीले रातभर रुँगेर बसेको सुटकेस आज बिहान खोलेर हेर्दा त्यसभित्र सल र डोरीले घाँटी बेरिएको अवस्थामा महिलाको शव कोचेर राखेको फेला परेको थियो ।

विवाह भारतको मुजफ्फरपुरमा विवाह भएको रुवी पछिल्लो चार वर्ष यता रौतहटमै  बस्दै आएकी थिइन् । माइती माधवपुर भए पनि उनी छोरा पढाउन गौर नगरपालिका-२ महादेवपट्टि बस्दै आएकी थिइन् । भारतमै रहेका उनको श्रीमानसँग पनि कुरा भइसकेकाे र उनकाे पारिवारीक सम्बन्ध राम्रै रहेकाे देखिएकाे प्रहरीले बताएकाे छ । 

हाल प्रहरीले मृतकका आफन्तहरूसँग सोधपुछ गरिरहेको छ भने शवलाई जिल्ला अस्पताल गौरमा पोस्टमार्टमका लागि राखिएको छ । 

 

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update