Kath Khabar
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् आफ्नो सम्पर्क कार्यालय

                             काठमाडौं, भदौ ५ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सम्पर्क कार्यालय उद्घाटन गरेकी छन् । नयाँ बानेश्वरस्थित थापागाउँमा भण्डारीले ‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयका नामबाट सम्पर्क कार्यालय खोलेकी हुन् । 

जननेता मदन भण्डारीको हीरक जयन्ती मनाउन भनेर खोलिएको थापागाउँस्थित यस कार्यालयबाटै एमालेकी पूर्वउपाध्यक्ष विद्या भण्डारीले राजनीतिमा सक्रिय हुने भएकी छन् । कार्यक्रममा सहभागी हुन नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष  ईश्वर पोखरेल र उपाध्यक्ष युवराज ज्ञवाली पुगेका छन् ।  

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘नेकपा एमालेले मार्गदर्शक सिद्धान्तको रूपमा जनताको बहुदलीय जनवादलाई लिएको छ । त्यसको मर्म र भावनाअनुसार हामीले काम गर्ने हो ।’   नेकपा एमालेले सदस्यता नविकरण नहुने बताएपनि पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा गतिविधि अगाडि बढाइरहेकी छिन् । 

 कार्यालय उद्घाटनका क्रममा बिहीबार दिउसो पत्रकार सम्मेलन आयोजना गरिएको छ । 

 

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update