Kath khabar
काठमाडौंका २ वटा अस्पतालमा महानगरको सिल

 

                  काठमाडौं, जेठ २९ ।  काठमाडौं महानगरपालिकाले दर्ता नवीकरण नगरी सञ्चालन भइरहेका २ वटा अस्पताल सिल गरेको छ ।

महागरपालिकाको स्वास्थ्य संस्था अनुगमन टोलीले बौद्धमा रहेको चाइना पिपुल्स हस्पिटल र कोटेश्वरमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको हो ।

अनुगमनका क्रममा दुवै अस्पताल लामो समय देखि दर्ता नवीकरण नगरी सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ । महानगरका अनुसार अस्पताल भित्र सञ्चालित फार्मेसी विना दर्ता सञ्चालन भइरहेको पाइएको छ ।

अस्पतालले अपनाउनु पर्ने मापदण्ड समेत ती अस्पतालहरूले पालना नगरेको पाइएको महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलल जानकारी दिए बताए ।

‘दुवै अस्पताल १५ शय्याका रहेछन् । तर, अस्पतालका लागि चाहिने आवश्यक मापदण्डरु केही छैनन्, फेरि दर्ता नवीकरण समेत नभएको पाइए पछि महानगरले सिल गरेको हो,’ पौडेलले भने ।

अनुगमन टोली पुग्दा चाइना पिपुल्स अस्पतालमा डिस्चार्जको तयारीमा रहेका एक व्यक्ति मात्रै थिए । उनलाई अस्पतालले डिस्चार्ज गरिसकेको पौडेलले बताए । सहयात्रीमा भने एक जना पनि बिरामी थिएनन् ।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update