Kath khabar
मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल गंगालाल अस्पतालमा भर्ना

 

                  काठमाडौं, जेठ ३० ।  राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्।

मंगलबार बिहान ११ बजे उनलाई बाँसबारीस्थित गंगालाल अस्पतालमा लगिएको राष्ट्रपति कार्यालय श्रोतले जानकारी दिएको छ। उनको मुटु लगायत स्वास्थ्य उपचारको लागि अस्पताल लगिएको स्रोतले बतायो।

‘उहाँ अहिले अस्पतालमै हुनुहुन्छ। मुटु लगायत स्वास्थ्य परीक्षण गर्नको लागि हो,’ स्रोतले भन्यो। यसबारे राष्ट्रपति कार्यालय र गंगालाल अस्पतालले औपचारिक जानकारी दिएका छैनन्।

उनी वैशाख १७ गते राति भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार पछि नेपाल फर्किएका थिए। वैशाख ६ गते उनी नयाँ दिल्ली पुगेका थिए।

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update