Kath khabar
चार केजी गाँजासहित भक्तपुरबाट एकजना पक्राउ


                         भक्तपुर, असार १ । भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका–४ मंगलाछेबाट अवैध लागूऔषध गाँजा करिब ४ केजी ५२० ग्रामसहित सोही नगरपालिका–४ मंगलाछे बस्ने २३ वर्षीय अभी तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग दरबारस्क्वारबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update