काठमाडौं, असार ३ । काठमाडौं सहित मुलुकका धेरै क्षेत्रमा निषेधाज्ञा जारी रहे पनि म्युजिक भिडियोहरु आईरहेका छन् । यसै क्रममा गीतकार डब्बु क्षेत्रीले आफ्नो नयाँ गजल (गीत) ‘अँधेरीमा थिएँ म...’ को भिडियो बजारमा ल्याउनुभएको छ । यो गीतको भिडियोलाई ओएसआर मूभिको युट्युव च्यानलबाट रिलिज गरिएको छ ।
सुवर्ण कुमारको स्वरमा यो गजल रेकर्ड गरिएको छ । यसमा सुवर्णलाई सरिता भारती, दीपा कोईरालाले साथ दिनुुभएको छ । गीतमा संगीत र संगीत संयोजन पनि सुवर्ण कुमारकै रहेको छ । यो गीत निकै मिठो बनेको छ ।
भिडियोमा सरिता भारती, राहुल श्रेष्ठ, जोयल्स बस्नेत, विना रानामगरसहितको अभिनय छ । यो भिडियोको छायाँकार रामशरण उप्रेती, सम्पादक सुरेश कुमार राउत रहनुभएको छ । गीतको भिडियो निर्देशन पनि डब्बु क्षेत्रीले नै गर्नुभएको हो । यसमा दिलमाया मगरको ड्रेस डिजाईन, दीपक लामगाडेको सेट डिजाईन, श्याम बरालको श्रृंगार रहेको छ ।
कथा अनुसार आफुले मन पराएको युवासँगको सम्बन्ध छुटाएर अन्य युवासँग विवाह गर्न खोजेपछि ती युवतीले आत्महत्या गरेको कथा यसमा प्रस्तुत गरिएको छ । जसमा ती युवतीको यादले प्रेमीलाई सताईरहन्छ । प्रेम वियोगमा परेका ती प्रेमीको भावलाई यो गीतको भिडियोमा समेटिएको छ । भिडियो निकै आकर्षकण बनेको छ ।
भिडियो लिंक
https://www.youtube.com/watch?v=dC4RBeTdMME&list=RDMMdC4RBeTdMME&start_radio=1