Kath khabar
आज ४३औँ जगन्नाथ रथयात्रा महामहोत्सव


             काठमाडौं, असार ५ ।  नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल)ले ४३औँ ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव आयोजना गरेको छ। मंगलबार उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यमा इस्कोन नेपालले जगन्नाथ रथयात्रा महामहोत्सव आयोजना गरेको हो।

रथयात्रा महोत्सव कमलादी-घन्टाघर-रत्नपार्क-जमल-दरबारमार्ग-पुतलीसडक-भृकुटीमण्डप-भद्रकाली-एनएसी-न्युरोड-वसन्तपुर-न्युरोड हुँदै टुँडिखेल पुगेर समापन हुनेछ। टुँडिखेलमा सांस्कृतिक कार्यक्रम तथा भगवानको दिव्य कथा प्रवचन हुने इस्कोन नेपालले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update