Kath khabar
सुदुरपश्चिम प्रदेशका मन्त्री पृथ्वीबहादुर सिंह चढेको गाडी बझाङमा दुर्घटना


                    बझाङ, असार ५ ।  सुदूरपश्चिम प्रदेशका मन्त्री चढेको गाडी बझाङमा दुर्घटनामा भएको छ।

सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो।

दुर्घटनामा परी मन्त्री सिंहसहित ४ जना घाइते भएका छन्। उनीहरुको उपचार भइरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update