Kath khabar
बझाङ जीप दुर्घटना अपडेट : प्रदेशमन्त्री सिंहकी श्रीमती अमृतादेवि सिंह र भाउजु जानकी सिंहको मृत्यु

 

                बझाङ, असार ५ ।  बझाङको केदारस्युँ गाउँपालिकामा भएको जीप दुर्घटनामा २ जनाको ज्यान गएको छ । दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंहकी श्रीमती अमृतादेवि सिंह र भाउजु जानकी सिंहको ज्यान गएको हो ।

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा गम्भीर घाइते मन्त्री सिंह सहित ४ जनालाई थप उपचारका लागि हेलिकप्टर मार्फत् नेपालगञ्ज लैजान लागिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update