Kath khabar
आज अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस

 

                 काठमाडौं, असार ११ ।  लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्ध सचेतना जगाउन काठमाडौंमा प्रभातफेरी निकालिएको छ । लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भ पारेर गृह मन्त्रालयले प्रभातफेरी निकालेको हो ।

भृकुटीमण्डपबाट शुरु भएको प्रभातफेरी भद्रकाली मन्दिर परिक्रमा गरी पुनः भृकुटीमण्डप हुँदै राष्ट्रिय सभागृहमा पुगेर कार्यक्रममा परिणत भएको छ । प्रभातफेरीमा सहभागीले लागुऔषधको दुर्व्यसन र ओसार पसार विरुद्ध विभिन्न जनचेतना मूलक ब्यानर, प्लेकार्ड प्रदर्शन गरेका छन् ।

हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका रूपमा मनाउने गरिन्छ । विश्व समुदायलाई लागुऔषधको असर र कारोबारबाट मुक्त गराउने मुख्य उद्देश्य सहित मनाइँदै आएको दिवसको यस वर्षको नारा जीवन बचाउँ भन्ने रहेको छ ।

लागुऔषधको असन्तुलित प्रयोगले विश्वमा हरेक वर्ष १ लाख ९० हजार भन्दा धेरै मानिसको ज्यान जाने गरेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ । नेपालमा सन् १९६० पछि नै लागुऔषधको कारोबार तथा प्रयोग बढ्दै आएको छ । 

 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update