Kath khabar
सार्वजनिक भयो विश्वकप २०२३ क्रिकेटको खेल तालिका

 

                 काठमाडौं, असार १२ ।  भारतमा हुने एक दिवसीय विश्वकप २०२३ को खेल तालिका सार्वजनिक भएको छ ।

५ अक्टोबरबाट १९ नोभेम्बरसँग हुने प्रतियोगिताका खेलहरु १० वटा फरक फरक स्टेडियममा हुनेछन् । विश्वकप खेल्ने १० टिमले एक अर्का विरुद्ध खेलेपछि शीर्ष ४ टिम सेमिफाइनलमा पुग्ने छन् ।

विश्वकपका लागि जिम्बावेमा भइरहेको विश्वकप छनोटबाट २ टिम छनोट हुनेछ । प्रतियोगिताको पहिलो खेल इङ्ल्यान्ड र न्युजिल्यान्डबीच हुनेछ ।

लिगको अन्तिम खेल नोभेम्बर १२ मा हुनेछ । नोभेम्बर १५ मा पहिलो र १६ मा दोस्रो सेमिफाइनल हुनेछ । विश्वकपको फाइनल खेल १९ नोभेम्बरमा अहमदावादमा हुनेछ ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update