Kath khabar
२० वर्ष पुराना गाडी हटाउने निर्णयविरुद्ध ट्याक्सी, ट्रक र ट्यांकर चालकहरुको आज काठमाडौंमा प्रदर्शन

                  

                   काठमाडौं, असार १३ । २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने  माग राख्दै ट्याक्सी, ट्रक र ट्यांकर चालकहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् ।

राष्ट्रवादी ट्याक्सी तथा चालक व्यवसायी संघको ब्यानरमा प्रदर्शनमा उत्रिएकाहरुले आफूहरुका लागि पार्किङ स्ट्याण्ड हुनुपर्ने, २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने, निजी सवारी साधनले भाडाका सवारी साधनले जस्तो सेवा दिन नपाउनुपर्ने, स्वदेशमै रोजगारीको वाताबरण मिलाइनुपर्ने लगायतका माग राखेका छन् ।

सरकारका नीति र निर्णय आफूहरुको बाँच्न पाउनुपर्ने हकविरुद्ध भएको भन्दै उनीहरुले नाराबाजी गरेका छन् ।

 

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update