Kath khabar
पशुपतिनाथको जलहरीमा कुँदिएको पूर्वराष्ट्रपति भण्डारी, पूर्व प्रधानमन्त्री ओली लगायत सबैको नाम मेटियो

 

               काठमाडौं, असार १४ ।  पशुपतिनाथको मन्दिरमा राखिएको १०७ किलोभन्दा बढी तौलको सुनको जलहरीमा कुँदिएका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहित १३ जनाकै नाम मेटिएको छ। आइतबार दिउँसो निकालिएको जलहरीमा कुँदिएको १३ जनाकै नाम मेटेर जलहरी पुन: स्थापित गरिन लागेको हो ।

जलहरी फेरि राख्न चाहिने लाहा र कालिगढ भारतबाट ल्याएपछि बुधबार बेलुकी पुन: जलहरी राख्न लागिएको हो। जलहरीमा तत्कालीन राष्ट्पति भण्डारी, तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन संस्कृति मन्त्री भानुभक्त ढकाल, संस्कृति सचिव यादव कोइराला, पशुपतिका मूल भट्ट, अन्य ३ भट्ट, २ जना मुख्य भण्डारी, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, तत्कालीन सदस्य सचिव प्रदीप ढकाल र तत्कालीन कोषाध्यक्ष मिलन थापाको नाम कुँदिएको थियो।

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update