Kath khabar
हेटौँडाको नवलपुरमा बस दुर्घटना, ३७ जना घाइते, चलाक फरार 


                   हेटौँडा, असार १५ ।  हेटौँडा उपमहानगरपालिका-११ नवलपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन्। घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

नारायणगढबाट जनकपुरका लागि छुटेको ना ६ ख ९८०४ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी वामदेव गौतमले जानकारी दिए।

दुर्घटनामा घाइते भएका ३७ मध्ये १० जनाको चुरेहिल अस्पताल र २७ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको एसपी गौतमले बताए। घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको उनले जानकारी दिए। एसपी गौतमका अनुसार बसका चलाक फरार छन्। 
 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update