Kath khabar
रातिदेखि बन्द नारायणगढ-मुग्लिन सडक खुल्यो

 

                 चितवन, असार १८ । पहिरोले अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खुलेको छ । इच्छाकामना गाउँपालिका-५ तुईन खोला नजिक पुरानै ठाउँमा गएराति १ः५० मा पहिरो खस्दा दुईतर्फी नै अवरुद्ध भएको सडक केहीबेर अघिदेखि खुलेको हो ।

आइतबार झण्डै १८ घण्टा अवरुद्ध भएको सडक साँझबाट सञ्चालनमा आएपनि केही समयमा फेरि पहिरो खसेपछि सडक पुनः अवरुद्ध भएको थियो ।

बिहीवारदेखि पटक पटक पहिरो खस्दा पूर्व पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु मर्कामा परेका छन्। जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक बाहेक यो सडकखण्ड प्रयोग नगर्न अनुरोध गरेको छ।

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update