Kath khabar
महाराष्ट्रमा ट्रकले ४ वटा गाडीलाई ठक्कर दिँदा ९ जनाको मृत्यु

 

                 महाराष्ट्र, असार १९ ।  भारतको महाराष्ट्रमा एउटा ट्रकले अरू गाडीलाई ठक्कर दिएर पसलमा गएर बजारिँदा ९ जनाको ज्यान गएको छ । यस घटनामा अन्य २० जनाभन्दा धेरै घाइते भएका छन् ।

मध्य प्रदेशबाट धुले तर्फ गइरहेको ट्रक मुम्बई-आगरा राजमार्ग अन्तर्गत धुले जिल्लाको पालस गाउँमा 'ब्रेक फेल' भएपछि अनियन्त्रित भएर पल्टिएको थियो । ट्रक २ वटा मोटरसाइकल, एउटा कार र अर्को ट्रकलाई पछाडिबाट ठक्कर दिएर पसलमा बजारिएको थियो ।

घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको छ । घाइतेहरूलाई अस्पताल भर्ना गरिएको र प्रहरीले दुर्घटनाको जाँच शुरु गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update