Kath khabar
जन्ती बोकेको बस दुर्घटना हुँदा ७ जनाको ज्यान गयो

 

               आन्ध्रप्रदेश, असार २६ ।  भारतको आन्ध्रप्रदेशमा जन्ती बोकेको बस दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । केही घाइते भएका छन् ।

आन्ध्रप्रदेशको प्रकाशम जिल्लामा बिहान बस दुर्घटना भएको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

प्रहरीका अनुसार बस नहरमा खसेको छ । बसमा ४० जना रहेका अनुमान गरिएको छ । दुर्घटनाको कारण खुलेको छैन । तर, चालक निदाएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update