बजार
                                                
                    
                
                            
                                बजारमा कुखुराको मासु घट्यो
                        
                        
                                                
                                            
काठमाडौं, असार २८ । बजारमा जिउँदो ब्रोइलर कुखुराको मासुको मूल्य किलोमा २० रुपैयाँले घटेको छ । २५ असारमा किलोमा १० रुपैयाँले घटेको मासुको मूल्य बुधबार पुन: १० रुपैयाँले सस्तो भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । यो मूल्य काठमाडौं उपत्यका र यसका वरपरका क्षेत्रको हो ।
ब्रोइलरको कोल्ड स्टोर मूल्य घटेसँगै अब तयारी कुखुराको मासुको मूल्य पनि घट्ने संघले जनाएको छ । अहिले बजारमा ४६० रुपैयाँ प्रतिकिलो सम्ममा तयारी ब्रोइलरको कुखुराको मासुको बिक्री भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १७:४९
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
