Kath khabar
सप्तकोशी ब्यारेजको १० नम्बर पुलबाट ट्रक खस्यो, ३ जनाको उद्धार

 

               विराटनगर, असार २९ । सप्तकोशीको पुलबाट ट्रक नदीमा खसेको  छ । आज शुक्रवार बिहान पौने ८ बजेतिर कोशी ब्यारेजको १० नम्बर पुलबाट ट्रक खसेको सुनसरी प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बससँग ठोकिँदा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक नदीमा खसेको हो । ट्रकभित्र रहेका ३ जनालाई प्रहरीले उद्धार गरेको छ । उनीहरूको अवस्था सामान्य छ ।

ट्रक नदीमा खस्नासाथ प्रहरीले देखेकाले तत्काल उद्धार गर्न सकिएको डीएसपी राईले बताउनुभयो । ट्रकलाई भने नदीले बगाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update