Kath khabar
उत्तरप्रदेशमा हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा ५ जना बोलबम यात्रीको मृत्यु

 

              उत्तर प्रदेश, असार ३१ ।  भारतको उत्तर प्रदेशमा हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा ५ जना बोलबम यात्रीको ज्यान गएको छ ।

बोलबम यात्रीहरु चढेको गाडीले विद्युतको हाइटेन्सन लाइनको तारमा छोइँदा करेन्ट लागेर उनीहरुको ज्यान गएको बीबीसीले जनाएको छ ।

उत्तर प्रदेशको मेरठ जिल्लाको राली चौहान गाउँमा गएराति ८ बजेतिर भएको घटनामा १० जना घाइते भएका मध्ये उपचारका क्रममा ५ जनाको ज्यान गएको हो । अरु ५ जना घाइतेहरुको उपचार भइरहेको छ ।

यस्तै, हिजो र अस्ति भारतको मुजफ्फरनगर जिल्लामा भएका छुटाछुटै गाडी दुर्घटनामा पनि ४ जना बोलबम यात्रीको ज्यान गएको थियो । 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update